प्रणामीको धार्मिक सांगीतिक एल्बम

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली टेलिभिजन इतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाइनलिस्टहरुको भजन तथा श्रीमुखवाणीको धार्मिक सांगीतिक एल्बम विमोचन भएको छ ।

राष्ट्रिय नाचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको विमोचन श्रीकृष्ण प्रणामी मन्दिर, नवतनधामका गादिपति बाबाजी श्री १०८ अमृतराज महाराजजीको हातबाट भएको थियो । प्रणामी सिंगिङ् आईकन, भाग–१ नामक एल्वममा प्रणामी सिँंगिङ् आईकनका फाइनलिस्ट सिम्रन गुरुङ, अर्पण सापकोटा, अर्चना शर्मा, उत्तम के.सी. र गुञ्जन दाहालका साथै प्रणामी सिंगिङ् आईकनका निर्णायक शारदा अधिकारी र सबिता सापकोटाको स्वर रहेको छ । प्रणामी सिंगिङ् आइकन, भाग–२ सिम्रन गुरुङ नामक एल्वममा प्रणामी सिंगिङ् आइकनकी विजेता सिम्रन गुरुङको एकल स्वर रहेको छ । दुइटै एल्बममा संगीत संयोजन नवीनकुमार तिमल्सिनाको रहेको छ ।

कार्यक्रममा झापाका प्रान्जल घिमिरे प्रथम, ललितपुरका वीरदेव सिंह दोस्रो र ललितपुरबाटै प्रमोद थापा तेस्रो भएका थिए ।
प्रणामी अनलाइन क्विजको पब्लिक म्यानेजमेन्ट सुमित बजगाँईले गरेका थिए । प्रणामी समाजमा रहेका प्रतिभाहरूलाई एक्सपोज गर्ने उद्देश्यले कार्यक्रम गरिएको क्विजको पब्लिक म्यानेजमेन्ट सुमित बजगाँईले जानकारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *