मञ्चनमा नाटक ‘अन्धवेग’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नाटककार बालकृष्ण समले लेखेको नाटक ‘अन्धवेग’ को मञ्चन काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा शुरु गरिएको छ ।
सन् १९९६ मा प्रकाशित उक्त दुखान्त नाटक यौन मनोविज्ञानमा आधारित रहेको बताइन्छ । कलाकार प्रवीण खतिवडाले आफ्नो निर्देशनमा तयार गरेको सो नाटक आगामी चैत १८ गतेसम्म मञ्चन हुने बताइएको छ । यो फागुन १८ गतेदेखि शुरू भएको हो ।
पुरानो नाटकलाई प्राथमिकता दिनुपर्छ भनेर नाटककार समको नाटक रोजेको निर्देशक खतिवडा बताउँछन् । पारिवारिक कथामा आधारित यस नाटकमा क्षणिक आवेगले निम्त्याएको दूषपरिणामलाई देखाइएको निर्देशक खतिवडाले जानकारी दिए ।
यसमा अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, सङ्गीता थापा, बारात लिम्बू, शारदा अधिकारी, सुन्दर धिताल, केशवजङ्ग शाही, सन्देश कार्की, सन्तोष गिरी लगायतले अभिनय गरेका बताइएको छ । मण्डला नाटकघरको योजनाअनुसार अन्य छवटा नाटक पनि लगातार मञ्चन हुनेछन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *