‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रस्तुत

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सुशील कोइराला मेमोरियल फाउण्डेसनले बी.पी. कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमाडौंमा प्रस्तुत गरेको छ । पञ्चायती व्यवस्थाको विरोध गरेबापत तात्कालीन शासकको रवैयाका कारण भारत निर्वासनमा रहन बाध्य भएका नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री बी.पी. कोइराला स्वदेश फर्केपछिको घटनाक्रमलाई वृत्तचित्रमा समेटिएको फाउन्डेसनका महासचिव अतुल कोइरालले जानकारी दिएका छन् ।
२०३३ सालको राजनीतिक घटनाक्रमलाई समेटेर तयार गरिएको वृत्तचित्रमा कोइराला परिवारका सदस्य, आफन्तजन, शुभचिन्तक एवं राजनीतिक विश्लेषकको भनाइलाई स्थान दिइएको छ । राजकाजसम्बन्धी आठवटा मुद्दा खेप्दै ज्यान जोखिममा राखेर स्वदेश फर्किएका नेता कोइरालामा आधारित वृत्तचित्र ४५ मिनेटको छ ।
छ वर्ष समय लगाएर तयार गरिएको वृत्तचित्र निर्माणमा करिब ४५ लाख रुपियाँ खर्च भएको जानकारी कोइरालाले दिए । यसअघि सो वृत्तचित्र कीर्तिपुर र पोखरामा प्रदर्शन गरिसकिएको छ । सो वृत्तचित्रका लेखक उपप्राध्यापक एवं पत्रकार जगत नेपाल हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *