पोखरामा ‘महाकमेडी विथ महाजात्रा’

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ पोखरामा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम भएको छ । प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ गरेका हुन् ।
फिल्मको प्रचारप्रसार र हास्यव्यंग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षात्कार गर्न कार्यक्रम गर्न लागिएको ‘कमेडी नाइट विथ च्याम्यिन’ का निर्देशक विशाल भण्डारीले जानकारी दिएका छन् । काठमाडौँ बाहिरका दर्शकले प्रत्यक्ष रुपमा कार्यक्रम हेर्ने इच्छा देखाएकाले त्यसैलाई मध्यनजर गरेर यो कार्यक्रम गर्न लागेको उनले बताए ।
महाजात्राका कलाकारहरु हरिवंश आचार्यसँगै विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेल लगायत पोखराको सभागृहमा हुने कार्यक्रममा सहभागी भएको छ । यसैगरी निर्माणको तयारीमा रहेको कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्यिन’ का अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापाको प्रस्तुती समेत सोही अवसरमा दर्शकले प्रत्यक्ष हेर्न पाएका बताइएको छ ।
‘महाकमेडी विथ महाजात्रा’ पोखराबाट शुरु भएर देशका प्रमुख शहरमा पुग्ने बताइएको छ । यो यात्रा फागुन २२ गते बुटवलमा तथा २५ गते धनगढीमा कार्यक्रम हुनेछ । यस्तै, फागुन ३० गते बिर्तामोड, चैत १ गते इटहरी, ३ गते हेटौँडा र ४ गते नारायणगढमा दर्शकले कलाकारहरुलाई प्रत्यक्ष रुपमा देख्न तथा कार्यक्रम हेर्न पाउने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *