शान्तदासमा समर्पित बालगीत सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ शान्तदास नामक बालागीतमा रामबाबु सुवेदीले शान्तदास मानन्धरको जीवनीको सारलाई गीतको माध्यमबाट व्यक्त गरेका छन् । शान्तदासले बालसाहित्यमा पु¥याएको योगदानको कदर र सम्मानभाव प्रस्तुत गीतमा रहेको भनी गीतको विमोचनका समयमा बताइएको छ ।
कथानक अभिव्यक्ति र भावनृत्य शैलीमा निर्माण गरिएको यस गीतमा राराहिल मेमोरियल स्कूल कीर्तिपुरका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका छन् । स्कूलमै भएको एक औपचारिक कार्यक्रममा उक्त गीतको भिडियो रिलिज गरिएको छ । कार्यक्रममा नेपाल बालसाहित्य समाजका सल्लाहकार इन्दिरा दली, अध्यक्ष प्रमोदकुमार प्रधान, उपाध्यक्ष डा. यादेवी ढकाल, महासचिव विजयराज आचार्यलगायत बालसाहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।
अध्यक्ष प्रधानले गीतको माध्यमबाट शान्तदासलाई सम्झन पाउनु एकदमै गर्वको कुरा रहेको बताए । यसैगरी एभरेस्ट इङ्गलिस स्कूल भक्तपुरका प्राचार्य भक्तराज भण्डारीले शान्तादासले बालबालिकालाई सारै आदर गर्ने गरेको भनी संझिए । यसैगरी गीतकार रामबाबु सुवेदीले शान्तदास मानन्धर सबैलाई बालसाहित्यमा डो¥याउने एक सवल पथप्रदर्शक रहेको विचार राखे ।
यस्तै भिडियो निर्देशक आचार्य गोपालले बालबालिकाले शान्तदास मानन्धरलाई चिनुन्, बुझुन् भन्ने चाहनाले यो भिडियो निर्माण गरिएको बताए । यस गीतका प्रायोजक थानेश्वर गिरी र पार्वती क्षत्री हुन् भने संगीतकार सुविन सेन्चुरी, गायक सुप्रिम मल्ल हुन् । दिवस धितालको छायाँकन र सम्पादन गरेको यो गीतमा सृष्टीकला बज्राचार्यको कोरियोग्राफी रहेको छ ।
बालसाहित्यमा बिगत ५० वर्षदेखि कलम चलाउँदै आएका सुवेदीका आइताबार बिहानै, मेरो गाउँ ज्यामिरे, आमाजस्ती गुरुमा लगायत थुप्रै बालगीतहरु चर्चित रहेका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *