नेपथ्य झापाबाट उदाउने

Nayabimarsha (Weekly Newspaper from Nepal)

विर्तामोड/ विक्रम सम्वत् २०८१ को शुभारम्भको अवसर पारेर नेपथ्य झापाको विर्तामोडबाट उदाउने भएको छ । नयाँ वर्षको पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य बिर्तामोडमा आफ्नो सांगीतिक प्रस्तुती सहित प्रस्तुत हुने भएको हो ।
आगामी चैत ३० गते विर्तामोडमा शुक्रबार बेलुकी ब्याण्डका लोकरक भाका गुञ्जने बताइएको छ । विर्तामोडमा यसअघि नेपथ्यले ‘ट्राफिक व्यवस्थापन’ मा योगदान दिन कन्सर्ट गरेको थियो । यस भेगमा सवारी दुर्घटनाको मात्रा अत्यधिक वृद्धि भएको बेला सुरक्षित आवागमनको नाराका साथ पाँच वर्षअघि नेपथ्य प्रस्तुत भएको बताइएको छ ।
त्यसभन्दा पहिले द्वन्द्वकालमा शान्तिको आव्हान गर्दै ‘सुन्दर शान्त नेपाल’ अभियान अन्तर्गत नेपथ्यले यसै भूमिमा गीतहरु सुनाएको बताइएको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपियाँ राखिएको छ । नेपथ्यको प्रस्तुतीका बारेमा व्यवस्थापक नेपालयका अर्पण शर्मा कलाकारबाहेक प्रविधि र प्राविधिकहरु समेत गरेर ठूलो टिमका साथ उपस्थित हुँदा यो एकरुपतालाई बिर्तामोडका दर्शकहरुले पनि महशुस गर्न सक्ने विश्वास व्यक्त गर्दछन् ।
कन्सर्टको आयोजना स्थानीय श्रृद्धि इभेन्टले गर्न लागेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *