मतपत्र निर्वाचन क्षेत्रमा पगे

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ यही बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाई गरी सम्बन्धित जिल्ला तथा क्षेत्रमा पुगेको जानकारी दिएको छ । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि मतपत्र छपाई गरेर पठाइसकिएको जानकारी आयोगले गराएको छ ।
इलाम क्षेत्र नं.२ मा १९ जना उम्मेदवार तथा बझाङ प्रदेशसभा क्षेत्र नं.१ मा ११ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् । आयोगले ती क्षेत्रमा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको छ । जस अनुसार इलाम क्षेत्र नम्बर २ मा मतपत्रमा कांग्रेसको रुख, एमालेको सूर्य, रास्वपाको घण्टी, राप्रपाको हलो, जनमत पार्टीको हर्न लगायतका चिन्हहरु राखिएका छन् ।
यसैगरी बझाङ प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक नमुना मतपत्रमा कांग्रेसको रुख, एमालेको सूर्य, माओवादी केन्द्रको हसिँया हथौडा, राप्रपाको हलो, एकीकृत समाजवादीको कलम लगायतका चुनाव चिन्हहरू राखिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *