सिद्धिचरण पुरस्कार ठाकुर र कार्कीलाई

Nayabimarsha (Weekly Newspaper from Nepal)

ओखलढुंगा/ युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रा. डा. उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि श्रेष्ठको ११३औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले विज्ञप्तिमा तीन दशकदेखि युगकविका कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देशविदेशमा सुयश फैलाउन विशिष्ट योगदान पु¥याएबापत ठाकुरलाई सो पुरस्कार दिने भइएको हो । यस्तै लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेबापत पत्रकार कार्कीलाई पनि पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । कार्कीले ओखलढुंगा जिल्लामै रहेर डेढ दशकदेखि पत्रकारिता गर्दै आएका छन् ।
प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्रा. डा. अभि सुवेदी र प्रा. डा. जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरिएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *