जनकपुरधाममा सांस्कृतिक महोत्सव

Nayabimarsha (Weekly Newspaper from Nepal)

जनकपुरधाम/ भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास, वीरगंज र बी.पी. कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ ।
कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरुको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिवल पनि समावेश थियो । कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान् राम र सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका मेनुका पौडेलको प्रस्तुति रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।
मधेश प्रदेशका माननीय मुख्यमन्त्री सरोजकुमार यादवले प्रमुख अतिथिको रुपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गरेका थिए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति जनाएका थिए । दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *