बिडारी र खड्का आए आमसञ्चारको परिचय लिएर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ आमसञ्चारको परिचय पुस्तकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विमोचन गरेका छन् ।
गत शुक्रबार यहाँ भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री दाहालले सो पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतको उपस्थितिमा विमोचन कार्यक्रम भएको थियो ।
शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको ‘आमसञ्चारको परिचय’ नामक सो पुस्तक भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यो पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बी.ए.) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिता अन्तरर्गतको पाठ्यक्रममा आधारित रहेको भनी लेखकद्वयले जानकारी गराएका थिए ।
पूर्णाङ्क १०० को यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषय रहेको बताइएको छ । यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी भएको लेखकद्वयले बताए । यो पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दाहरू र पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिका लगायतकाबारेमा चर्चा गरिएको छ ।
लेखक बिडारी त्रि.वि. अन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्रिय छन् । उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत हुन् । यसैगरी उकेरा डटकममा कार्यरत लेखक खड्का विशेषगरी स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्छन् । अर्किड इन्टरनेश्नल कलेजमा प्राध्यापनरत खड्काले काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस् अन्तर्गत भाषा तथा आम सञ्चार विभागमा सञ्चारसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) गरिरहेका छन् । उनी पनि नेपाल पत्रकार महासंघका सदस्य हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *