भौतिकमा बजेट बृद्धि, मन्त्री र सचिव दङ्ग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत जेठ १५ गते आर्थिक वर्ष २०८१÷०८२ का लागि अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा गत आ.व. २०८०/०८१ को भन्दा १९ अर्ब बढी बजेट विनियोजन गरेका छन् । गत वर्षको बजेटमा तात्कालिन अर्थमन्त्रीले एक खर्ब ३१ अर्ब २९ करोड रुपियाँ बजेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाएको थियो भने २०८१/०८२ को बजेटमा सो मन्त्रालयलाई एक खर्ब ५० अर्ब ५३ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
निर्माण व्यवसायीहरुको आ.व. २०७९/०८० र २०८०÷०८१ को दायित्व भुक्तानी गर्न नसकेर आलोचित बनेको मन्त्रालय र विभाग बजेटवृद्धिपछि दङ्ग परेको छ । पुरानै कार्यक्रमलाई बजेटवृद्धि गरेर निरन्तरता दिइएको छ । प्रस्तुत बजेटमा राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी हुलाकी र फास्ट ट्र्याकको बजेट घटाइएको समाचार श्रोतले बताएको छ ।
आगामी आ.व.का लागि मध्यपहाडी तीन अर्ब ६८ करोड, हुलाकी राजमार्गका लागि तीन अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । यो चालु आ.ब.भन्दा कम छ ।
पूर्वपश्चिम राजमार्ग विस्तारलाई प्राथमिकतामा राखेर २९ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल, मुग्लिन–पोखरा, काँकडभिट्टा–लौकही र कमला–कञ्चनपुर सडक विशेष प्राथमिकतामा परेका छन् । यी बाहेक अन्य रणनैतिक सडकहरु पनि प्राथमिकतामा परेका छन् । खासगरी नारायणगढ–बुटवल र मुग्लिङ्ग–पोखरा सडकको निर्माणले यात्रुहरुले पाएको सास्ती र हैरानीप्रति छिटो सम्पन्न गर्नका लागि आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक ई.चुडाराज ढकाल सकृय रुपमा खटेका छन् । चिनियाँ ठेकेदारहरुले चासो नदिँदा काम अग्रगतीमा बढ्न नसकेको जानकारहरुले बताएका छन् ।
विगतका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाभन्दा वर्तमान मन्त्री रघुवीर महासेठ पनि सडकको समस्या समयमै सल्ट्याउन लागि परेको श्रोतले बताएको छ । यसैगरी सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल पनि सडकको समस्या र निर्माण व्यवसायीको भुक्तानीका लागि लागिपरेकोले पूर्वाधार विकासले गति लिने आशा गरिएको छ ।
यता, वर्तमान सरकारका सबैभन्दा धनी मन्त्री महासेठले सरूवा र ठेक्कापट्टाको कमिसनतिरभन्दा सफल मन्त्री बनेर नेकपा (एमाले) बाट मधेश प्रदेशमा स्थापित हुने दिशामा अघि बढेको श्रोतले जानकारी दिइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *