अर्थमा जिम्मेदारी हेरफेर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाई दिइएको छ । महाशाखा प्रमुख रहेका टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो ।
प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटालाई कुनै जिम्मेवारी नदिइएको अवस्थामा अर्थमन्त्री वर्षमान पुनले मंगलबारदेखि उनलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका बताइएको छ । अहिले पाण्डे भने जिम्मेदारीविहीन अवस्थामा रहेका बताइएको छ । सापकोटा यसअघि भन्सार विभागको महानिर्देशक तथा राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत व्यक्ति हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *