जनशक्तिको शक्ति बुझाउन संस्था

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपालमा मानव संसाधन (जनशक्ति) को महत्व तथा शक्ति बुझाउनका लागि मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा एउटा संस्था (कम्पनी) दर्ता गरिएको छ ।
मानव संसाधनको क्षेत्रमा लामो अनुभव भएका प्रकाश गैरेको अध्यक्षतामा एच.आर.क्यापिटल नेपाल नामक मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गरिएको हो । उक्त कम्पनीमा कौशल कुमार भट्टराई, कुमार सुनार, पुष्पा पाण्डे र रोशन काफ्ले संस्थापकका रुपमा रहेका छन् ।
उक्त संस्थाले मानव संसाधन भनेको के हो, उनीहरुलाई किन दक्ष बनाउनु पर्दछ, उनीहरुलाई स्वदेश वा विदेशमा रहँदा कस्ता सीपहरु आवश्यक हुन्छन् जस्ता कुराहरुको जानकारी जनस्तरसम्म पु¥याउने उद्देश्य लिएको अध्यक्ष गैरेले जानकारी दिए । नेपालमा कुन विधामा कति जनशक्ति चाहिने हो, त्यसमध्ये दक्ष जनशक्ति के कति छन् जस्ता कुराको समेत पहिचान हुन नसकेको अवस्थालाई ख्याल गरी उक्त संस्थाको स्थापना गर्नु परेको बताइएको छ ।
संस्थाले सरकारी तथा गैर सरकारी निकायहरुसँग समन्वय तथा सहकार्य गरी देश भरी नै विभिन्न कार्यक्रम गर्ने उद्देश्य लिएको बताइन्छ । यसका लागि संस्था आफैंले युट्युब च्यानेल लगायतका सञ्चारमाध्यममार्फत जनशक्ति, श्रमशक्ति आदिका विषयमा जनतालाई सुसूचित गराउने उद्देश्य लिएको छ । यसका लागि आवश्यक निकायहरुमा विधिवत रुपमा दर्ता गरी कार्यलाई अघि बढाउने तयारी भैरहेको बताइएको छ ।
यो संस्थाले विभिन्न निकाय तथा स्थानहरुमा तालिम, गोष्ठी, कार्यशाला आदि गरी मानव संसाधनको महत्वको विषयमा जानकारी गराउने बताइएको छ । यसैगरी नेतृत्व विकास, सीप विकास जस्ता विषयलाई ध्यानमा राखी जनप्रतिनिधिहरुलाई समेत तालिम, प्रशिक्षण दिने तयारी संस्थाले गरेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *