इनरुवा सेवा समाजको तीर्थाटन

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवा थातथलो भई हाल काठमाडौं उपत्यकामा रहेका इनरुवाबासी ज्येष्ठ नागरिकहरुले भोलि शनिबार निःशुल्क रुपमा तीर्थाटन गर्न पाउने भएका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका उनीहरुलाई इनरुवा सेवा समाजले श्रावण महिनाको अवसर पारेर विभिन्न तीर्थ क्षेत्रको भ्रमण गराउने भएको हो । भक्तपुर जिल्लामा रहेका चाँगुनारायण मन्दिर तथा डोलेश्वर महादेवको मन्दिर क्षेत्रमा ज्येष्ठ नागरिकहरुलाई तीर्थाटन गराउने गरी आवश्यक व्यवस्था मिलाइएको समाजका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।
अध्यक्ष पोखरेलका अनुसार संस्थामा आवद्ध कृष्णहरि शर्मा पोखरेलले गाडीको व्यवस्था मिलाएका छन् । यसैगरी संजयकुमार अटल, पुष्कर पोखरेल, प्रकाश पोखरेल, पशुपति भण्डारी, सुमन घिमिरेलगायतले खाजा, खाना, माला लगायतको व्यवस्था मिलाएको बताइएको छ ।
ज्येष्ठ नागरिकहरुलाई पायक पर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा गई ती तीर्थस्थलहरुको भ्रमण गराई फर्काएर ल्याउने प्रबन्ध मिलाइएको बताइएको छ ।
यसैबीच तीज पर्वको अवसर पारेर समाजले भव्य एवम् सभ्य कार्यक्रम गर्ने तयारी थालेको छ । गत वर्ष स्थापना भएको उक्त समाजले इनरुवाबासीहरुलाई केन्द्रित गरी विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *