जापानमा श्रमिक पठाउने संस्थालाई आह्वान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन आह्वान गरेको हो ।
नेपाली जनशक्ति विदेशमा गई कार्य गर्न लालायित रहँदै आएका छन् । यस्तो अवस्थामा जापान पनि नेपाली श्रमिकको राम्रो गन्तव्य हो । जापानमा जाने श्रमिकहरुमध्ये प्राविधिक जनशक्ति पठाउने संस्थाहरुलाई सूचीकृत गरी उनीहरुमार्फत पठाउँदा उचित हुने देखेर सरकारले यस्तो आह्वान गरेको बताइएको छ ।
जापानमा हाल विभिन्न माध्यमबाट नेपालीजन जाने गरेका छन् । विद्यार्थीदेखि श्रमिकसम्म जापानमा जाने गरेका कारण प्राविधिक श्रमिकलाई पठाउनका लागि सरकारले विशेष चासो दिएको हो । प्राविधिक श्रमिक त्यहाँ जाँदा सही रुपमा र सही सीपसहित जान सकुन् भनी विभाग बढी चनाखो भएको हो । यसका लागि उनीहरुलाई पठाउनुअघि सूचीकृत संस्थाहरुमार्फत मात्र पठाउने उद्देश्यले सरकारले यस्तो नीति लिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *