भारतीय राजदूतको सक्रियता किन ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नयाँ सरकार गठन भएसँगै भारतीय राजदूत नवीन श्रीवास्तवको सक्रियता बढेको कुरालाई विभिन्न ढंगबाट टिप्पणी गरिन थालिएको छ । उनले विभिन्न मन्त्रालयमा पुगेर नवनियुक्त मन्त्रीहरुलाई बधाइ दिने कार्य गरेका छन् । मन्त्री बनेको भोलिपल्टै मन्त्रीहरुसँग श्रीवास्तवले भेटवार्ता थालेको कुरालाई विभिन्न अड्कलबाजी गर्न थालिएको छ ।
श्रीवास्तवले आफ्नो भेट तथा वधाइका लागि नेपाली कांग्रेसका मन्त्रीहरुलाई प्राथमिकतामा राखेको पाइएको छ । श्रीवास्तवले मंगलबार नै उपप्रधानमन्त्री समेत रहेका शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरे । शहरी विकास मन्त्रालय भारतीय राजदूतको प्रत्यक्ष सरोकारको मन्त्रालय नभए पनि उनले सिंहलाई भेट्नुले उनले कांग्रेसलाई प्राथमिकतामा राखेको अनुमान गरिएको छ ।
यसैगरी उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका छन् । परराष्ट्रमन्त्रीसँगको भेटलाई सहज रुपमा लिइए पनि मंगलबारको भेटमा नेकपा (एमाले) का मन्त्रीहरु नपरेको कुरालाई भने वामपन्थीहरुले शंकास्पद रुपमा हेरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *