इजरायलमा दुई हजार ‘केयर गिभर’ पठाइने

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ द्वन्द्वग्रस्त मुलुकको रुपमा रहेको इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि दुई हजारको संख्यामा ‘केयर गिभर’ श्रमिक पठाइने तयारी सरकारले गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त जानकारी दिएका हुन् । हालै मन्त्रीमा नियुक्ति पाएका भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली ‘केयर गिभर’ को संख्या बढाउने सहमति भएको मन्त्रालयले जनाएको छ । गत असारमा इजरायलमा ‘केयर गिभर’ लागि आठ सय जनाको मात्र आवेदन खोलेको थियो । एक हजारलाई मुख्य र बाँकी एक हजारलाई वैकल्पिक उम्मेदवारका लागि कोटा छुट्टाइएको जनाइएको छ ।
इजरायलमा नागरिक पठाउन लागिएको भन्दै आलोचना पनि भइरहेको छ । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराएका नेपाली नागरिक विपिन जोशी अहिलेसम्म फेला नपरेको अवस्थामा उक्त मुलुकमा श्रमिक पठाउने सहमति सरकारीस्तरबाट हुनुलाई आलोचना समेत गरिँदै आइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *