भौतिकमा विकास प्रेमी मन्त्री र अनुभवी सचिव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । झापाबाट राष्ट्रिय सभामा नेकपा (एमाले) बाट निर्वाचित सांसद हुन् देवेन्द्र दाहाल । दाहाललाई काँग्रेस–एमालेको गठबन्धका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गत २०८१ असार ३० गते भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने दाहालले पदभार ग्रहण गरी जिम्मेवारी लिएको श्रावण ३० गते एक महिना पुगेको छ ।
प्रधानमन्त्री ओलीको सुशासन, सम्बृद्धि र विकास निर्माणको अभियानलाई विकासे मन्त्रालयको जिम्मेवारी लिएर मन्त्री दाहालले पूरा गर्ने आशा र भरोसा सरकारले लिएको छ । दाहालभन्दा अगाडिका भौतिकमन्त्री रघुवीर महासेठले ध्वस्त पारेको संरचना मन्त्री दाहालले सुधार गर्ने जानकारहरुले बताएका छन् । खासगरी समस्याग्रस्त सडकहरु नारायणघाट–बुटवल, मुग्लिन–पोखरा लगायत देशभरीका वाटा तथा पुलहरुको अध्ययन गरेर कार्ययोजना बनाई समस्याको समाधान गर्ने मन्त्री दाहालले बताएका छन् ।
यस्तै निर्माण व्यवसायीहरुको भुक्तानीका लागि पनि प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरेर समस्या समाधान गर्ने मन्त्री दाहालले जानकारी दिएका छन् । मन्त्री दाहाल ठेक्कापट्टाको कमिशन र कर्मचारीहरुको सरुवा खेतीमा नलाग्ने समाचार श्रोतले बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विगतका मन्त्री र सचिवले गरेको सरुवा आतंक एव कमिशनको चक्कर वर्तमान मन्त्रीबाट न हुने चर्चा चलेको छ ।
प्रधानमन्त्री ओलीको म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने मूलमन्त्रलाई विकासप्रेमी भौतिकमन्त्रीले पूरा गर्ने समासचार श्रोतले बताएको छ । यता गत श्रावण १४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चार महिनापछि फर्किएर श्रावण १८ गते पद बहाली गरेका सचिव केशव कुमार शर्मा मन्त्रालयका अनुभवी सचिव मानिन्छन् ।
सडक विभागको नेतृत्व गर्दै भौतिक पूार्वधार मन्त्रालयमा दोश्रो पटक सरुवा भएका सचिव शर्माले देशभरका सडकहरुको र कर्मचारीहरु बुझेकाले भौतिक मन्त्रालय सुधारको दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ । सचिव शर्माले सरुवा गर्नुपर्ने सु.ई. र सिडिईहरुलाई बाहेक सकेसम्म कर्मचारी सरुवा गरेर उनीहरुको मनोबल नगिराउने पक्षमा रहेको श्रोतले बताएको छ । यता सडक विभागको नेतृत्व पनि फेरिए पछि केही होला कि भन्ने विश्वास गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *