भक्तपुर/ भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्ने तथा ‘पाइलट बाबाको आश्रम’ नामले परिचित स्थल अब उनको स्मृतिस्थलका रुपमा रहने भएको छ । भारतीय नागरिक सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा मंगरबार उनको निधन भएपछि उनको आश्रम अब स्मृतिस्थलको रुपमा रहने भएको हो ।
भारतको मुम्बईस्थित एक अस्पतालमा उनको निधन भएको हो । भारतमा जन्मिएका उनले मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग सन् १९७४ मा दीक्षा लिएपछि पाइलट बाबाको नामले उनको प्रसिद्ध बढ्दै गएका बताइएको छ ।
भक्तपुरको घ्याम्पेडाँडामा बनाइएको पाइलट बाबा आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए ।
विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्यहरु नेपालमा छन् । पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका बताइएको छ । हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए । उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।
पाइलट बाबा अब स्मृतिमा
Facebook Comments Box