मानुषीको विशेष साधारण सभा सम्पन्न

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गएको शुक्रबार विशेष साधारण सभा सम्पन्न गरेको छ ।
सभाको मुख्य अजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको बताइएको छ । संस्थाले श्रृजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो आ.व.मा नै सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । विशेष कारणवस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो ।
संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाका कार्यकारी प्रमुखले जानकारी दिइन् । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरी मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको उनले बताइन् ।
गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो । काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको शेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *