अमेरिकामा नेपालीको हत्या

Nayabimarsha (Weekly Newspaper from Nepal)

अमेरिका/ अमेरिकामा रहेका नेपाली तथा नेपाली विद्यार्थीहरुमाथि ज्यान लिने गरी हमलाहरु भएका दुखद घटना आएका छन् । टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्रालाई गोली हानेर हत्या भएको भन्ने दुखद खबर सार्वजनिक गरिएको छ ।
नेपालमा भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको त्यसरी हत्या भएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन् । हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको भनी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मृतक ‘इन्टरनेसनल स्टुडेण्ट’ को रुपमा सन् २०२१ मा अमेरिका आएको बताइएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएपछि अनुसन्धान थालिएको थियो । उनको फोन दुई दिनदेखि स्वीच्डअफ रहेको तथा उनको फोन फेला नपरेको पनि जनाइएको छ । यसअघि दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *