कन्सियस कनेक्सन्स् नेपाल दर्ता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले कन्सियस कनेक्सन्स् नेपाल नामक सामाजिक संस्था दर्ता भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा उक्त संस्था दर्ता भएको हो ।
संस्थाको अध्यक्षमा केशाङ्ख युड्रोन तथा संस्थापक सदस्यहरुमा पेमा ढोकार, नवीन चित्रकार, प्रभातजङ्ख गुरुङ्ख र निरज कार्की रहनु भएको छ । विभिन्न पेशामा आवद्ध केशाङ्ख, नवीन, प्रभातजङ्ख र निरजले युवा जोशका साथ सामाजिक कार्य गर्न चाहेको अवस्थामा अनुभवी पेमा ढोकारले उहाँहरुलाई साथ दिने भएसँगै यो संस्थाको स्थापना भएको बताइएको छ ।

नेपालका पिछडिएका, लैङ्गिक अल्पसंख्यक समूह र पिछडिएका समुदायहरूलाई सामाजिक उद्यमशीलता प्रदान गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने/गराउने उद्देश्य संस्थाले लिएको संस्थाको प्रशासनिक व्यवस्था हेर्ने इग्रुम डोल्मा लामाले जानकारी दिइन् । यसैगरी पिछडिएका वर्ग, समुदाय, क्षेत्रका अदक्ष जनशक्तिहरुलाई दक्ष, सीपयुक्त बनाउनका लागि सःशुल्क रुपमा प्रशिक्षण, गोष्ठी, तालिम आदि संचालन गरी कम्पनीको आयआर्जन समेत हुने गरी कार्यक्रमहरु गर्ने/गराउने उद्देश्य पनि संस्थाले लिएको छ ।

जलवायु परिवर्तन र विशेषगरी हिमाली क्षेत्रमा महिलासँग सम्बन्धित गतिविधिहरू सञ्चालन गर्ने/गराउने तथा जलवायु परिवर्तन तथा Sexual and Reproductive Health and Rights (SRHR) सम्बन्धी सचेतना, तालिम र अनुसन्धान गर्ने÷गराउने उद्देश्य पनि संस्थाले लिएको बताइएको छ यस्तै, नेपालका आवश्यक र पिछडिएका समुदायहरूलाई शिक्षा क्षेत्रमा (छात्रवृत्ति उपलब्ध गराउने) सहयोग गर्ने तथा अन्यत्रबाट पनि सहयोग जुटाउने खालका कार्यहरु गर्ने/गराउने उद्देश्यका साथ संस्थालाई संचालन गर्ने संस्थापकहरुले निर्णय पनि गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *