“मिसिङ्गः केटी हराएको सूचना” आउने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली चलचित्रको परिवेश बदल्ने सोच लिएर चलचित्र निर्देशक दीपेन्द्र गौचन नेपाल आएका छन् । दुई दशकपछि नेपाल फर्किएका गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” को घोषणा गरेका छन् ।
उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि गौचन परिचित छन् । उनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउने सोच लिएका छन् । गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको बताइएको छ ।
सन २०२५ सम्ममा नेपाली सिनेमालाई एक फस्टाउँदो, विश्वव्यापी रूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने सोचका साथ गौचन लागिपरेको बताइएको छ । नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानर अन्तर्गतको पहिलो चलचित्रको रुपमा मिसिङः केटी हराएको सूचना आउने भएको हो ।
यस चलचित्रमा पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको बारेमा कथा कोरिएको बताइएको छ । तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी–मधेसी मेलमिलापको खोजी गर्छ ।
चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ (जस्सीता÷जेसी) रहेकी छन् भने रामको भूमिकामा नाजिर हुसेन (रामवरन÷¥याम्बो) रहेका छन् । त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको भूमिकामा रहेका बताइएको छ । चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आर.पी.र म्यूजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *