पिआइडीमा चौधरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौंं/ खानेपानी मन्त्रालयले गत भदौको दोश्रो साता पाँचजना प्राविधिक सहसचिवहरुको सरुवा गरेको छ । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयस्तरको सरुवामा दुइजना प्रा.सहसचिवहरुलाई मन्त्रालयको करिडोरमा राखेर अन्य चारजनालाई पदस्थापन गरेका छन् ।
मन्त्री यादवले यसअघि गरेको सरुवामा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठलाई मन्त्रालयको बरण्डामा सरुवा गरी रामकुमार श्रेष्ठलाई महानिर्देशक बनाएका थिए । सहसचिव कमलराज श्रेष्ठ पिआइडी, मेलम्ची खानेपानी हुँदै विभागको महानिर्देशक भै हाल मन्त्रालयमा कुर्चीविहीन बनेका छन् ।
मन्त्रालयले गरेको सरुवामा एडीबी बुझेका टीका चौधरीलाई आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) मा सरुवा गरिएको छ । पिआइडीमा लामो समय बसेका राजेन्द्र सापकोटालाई एडीबी अन्तर्गतको प्रोजेक्ट शहरी खानेपानी आयोजनामा सरुवा गरिएको छ । चौधरी पिआइडीमा सरुवा हुनु अगाडि शहरी खानेपानी आयोजनामा प्रमुख थिए ।
यसैगरी सरुवा भएका अन्य सहसचिवहरुमा माधवप्रसाद अधिकारी मन्त्रालयको बरण्डा, रमाकान्त दुवाडी आयोजना तथा बैदेशिक महाशाखा र मीना श्रेष्ठलाई खानेपानी महाशाखामा सरुवा गरिएको मन्त्रालय श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *