ट्रम्पको विजयपछिको अमेरिका कस्तो ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । यो जितसँगै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित भएका छन् । उनी यसअघि ४५ औं राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । ट्रम्पको यो दोस्रो जितसँगै अमेरिकाले विश्वव्यापी रुपमा कस्तो प्रभाव पार्ला भनी हेर्न थालिएको छ ।
लगातार दोस्रो पटक राष्ट्रपति बन्ने उनको सपनामा यसअघि जो बाइडेन बाधक बनेका थिए । रमाइलो पक्ष के भएको छ भने उनको दुवै जितमा पराजित हुनेमा महिला नै परेका छन् । यस पटक उनले कमला ह्यारिसलाई पराजित गरे । यसअघि उनले हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
अमेरिकामा कुल ५ सय ३८ सिटमध्ये जितका लागि केवल २ सय ७० सिट आवश्यक पर्दछ । निर्णायक मानिएका ‘स्विङ’ स्टेटहरुमा ट्रम्पले बाजी मार्दा कमलाको पहिलो महिला राष्ट्रपति बन्ने सपना पूरा हुन नपाएको अवस्था छ । राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसद्को दुबै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता बनाएको छ ।
अमेरिकी कानून अनुसार एक व्यक्तिले २ कार्यकाल राष्ट्रपतिको रुपमा विताउन पाउने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *