इसाई धर्म विस्तारमा गरिबीको दुरुपयोग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालमा इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग भइरहेको बताएका छन् ।
प्रधानमन्त्री निवासमा जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सरकारले सबै धर्मलाई सम्मान गर्ने भए पनि धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग भएको भन्दै ओलीले त्यो स्वीकार्य नहुने बताएका सहभागीहरुले जानकारी दिएका छन् । ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने कुरा उल्लेख गर्र्द धर्मनिरपेक्ष मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताए ।
‘नेपालमा एकातिर हिन्दु राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ,’ भन्दै ओलीले ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौ ं। हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।’ भनी भनेको सहभागीहरुले जानकारी दिएका छन् ।
आचार्य महाश्रमणका शिष्यहरु रमेशकुमार र रत्नकुमारले समाजमा नैतिकता, सद्भावना, मानवता, नशामुक्त समाज निर्माणका साथै शान्तिका लागि आफूहरुले गरेका कामबारे प्रधानमन्त्रीलाई सो अवसरमा जानकारी गराएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *