जनशक्तिको व्यवस्थापनबारे प्रशिक्षक बनाइँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ एच.आर.क्यापिटल नेपाल नामक मुनाफा वितरण नगर्ने कम्पनीले आजदेखि यहाँ जनशक्तिको व्यवस्थापनसँग सम्बन्धित रहने गरी प्रशिक्षकहरु तयार गर्ने भएको छ ।
नेपालमा रहेका जनशक्तिको सही व्यवस्थापनको विषयलाई ध्यानमा राखी उक्त संस्थाले मानव संसाधनका विषयलाई जनस्तरसम्म पु¥याउने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्ने भएको संस्थाका अध्यक्ष प्रकाश गैरेले जानकारी दिनु भएको छ । ‘स्थानीय स्तरमा नेतृत्वको विकास–शिक्षा र सीप’ भन्ने विषय छनौट गरी त्यसका लागि आवश्यक प्रशिक्षकहरुको तयारीमा संस्था लागेको अध्यक्ष गैरे बताउनु हुन्छ ।
उहाँ भन्नु हुन्छ, ‘नेपालमा जनशक्ति वा मानव संसाधनलाई बैदेशिक रोजगारीसँगमा मात्र हेरिने प्रचलन रहेकोले जनशक्तिको व्यवस्थापनको पाटो पछ परेको छ । त्यसैले सही ठाउँमा सही व्यक्तिको व्यवस्थापन भए मात्र मुलुकले विकासमा फड्को मार्ने अवस्था आउँछ । यही कुरालाई ध्यानमा राखी प्रशिक्षकहरु तयार गर्न लागेका हौं । यसरी तयार भएका प्रशिक्षकहरुलाई विभिन्न जिल्लामा प्रशिक्षकका रुपमा खटाउने तयारीमा संस्था लागेको छ ।’
अध्यक्ष गैरेका अनुसार स्थानीय स्तरमा राजनीतिकदेखि सामाजिक खाले संघसंस्थाको नेतृत्वमा पुग्न चाहने व्यक्तिहरुको व्यक्तित्व विकासका लागि जनशक्तिसम्बन्धी तालिम आवश्यक छन् । यसैगरी स्थानीय क्षेत्रको उत्पादन, बजारीकरण लगायतका विषयहरुमा सही जनशक्ति आवश्यक देखिएकाले त्यसको पूर्ति गर्न उनीहरुलाई तालिम, प्रशिक्षण आवश्यक रहेको ठानी संस्थाले त्यस्ता तालिम, प्रशिक्षणहरु संचालन गर्ने सोच लिएको उहाँ बताउनु हुन्छ ।
चार दिनसम्म चल्ने उक्त प्रशिक्षक प्रशिक्षण तालिमका मुख्य प्रशिक्षकका रुपमा पूर्वसचिव केवल प्रसाद भण्डारी रहने बताइएको छ । नेपाल सरकारका विभिन्न कार्यालयहरुको कार्यको अनुभव लिएका भण्डारी केही महिनाअघि मात्र अवकाशप्राप्त सचिव हुनुहुन्छ । श्रम तथा रोजगारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तालिम, गोष्ठी, प्रशिक्षण आदिमा सहभागिता जनाइसक्नु भएका भण्डारीले दिने प्रशिक्षण नेपाली माटो सुहाउँदो हुने अपेक्षा गरिएको छ ।
यसैगरी प्रशिक्षार्थीहरुलाई अध्यक्ष गैरेले मानव संसाधनका विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा आफूले सिकेको ज्ञानलाई सो अवसरमा प्रशिक्षणका माध्यमबाट बाँड्ने पनि संस्थाले जनाएको छ ।
उता, यो प्रशिक्षक प्रशिक्षण तालिममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुले सहभागिता जनाउने संस्थाले जनाएको छ । प्रशिक्षक प्रशिक्षण तालिमका लागि धेरै व्यक्तिहरुले चासो राखेको जनाउँदै संस्थाका दिवश भट्टराईले अच्युतम लामिछाने, अशोक देव पराजुली, भूपाल बस्नेत, विमल शेर्पाली, विनिता देवी पन्त, चुरामणि भुसाल, गणेश प्रसाद पोखरेल र गोविन्द न्यौपाने प्रशिक्षार्थीका रुपमा रहने जानकारी दिए । यसैगरी हरि नारायण लामा, हरि शरण जमकटेल, कौशल कुमार भट्टराई, मेघनाथ भण्डारी, मोहन बहादुर बुर्जा मगर, मुकुन्द चौलागाई, निराकर सुवेदी, पाशाङ शेर्पा, प्रकाश बास्कोटा, राजु गड्तौला र राम कुमार भट्टराईले पनि यो प्रशिक्षक प्रशिक्षण तालिममा सहभागिता जनाउने बताइएको छ । यस्तै रीना खुलाल, समीर थापा, सन्तोष विष्ट, सपना सुब्बा, शान्ति पाख्रिन लामा, सिर्जना खड्का, सुभद्रा दंगाल, सुनिता जि.सि., स्वस्ती प्रधान, थम्मन प्रसाद भुसाल, तुलमणि पौडेल, उद्धव प्रसाद अधिकारी, उमेशमान डंगोल, उपमा भण्डारी र नवराज कोइराला पनि सहभागीका रुपमा रहने संस्थाले जनाएको छ ।
प्रशिक्षणका दौरान संस्थाका तर्फबाट रश्मी श्रेष्ठ, कुमार सुनार, पुष्पा पाण्डेले व्यवस्थापनमा सहयोग पु¥याउने पनि संस्थाले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *