सांसद चौधरीलाई लण्डनमा सम्मान

Nayabimarsha (Weekly Newspaper from Nepal)

लण्डन/ नेपालको लोकतान्त्रिक मूल्य, मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याएको भन्दै सांसद भगवती चौधरीलाई यहाँ सम्मान गरिएको छ । समाजसेवी तथा आर्थिक सशक्तिकरणको अभियन्ता समेत रहेकी सांसद चौधरीलाई बेलायतको वल्र्ड बुक अफ रेकर्डले सम्मान गरेको हो ।
पूर्वमन्त्री समेत रहेकी चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ ।
सम्मानित भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आपूmले समाज रुपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताइन् । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवद्र्धनमा आपूm सदैव सक्रिय भएर अगाडि बढ्ने बताउँदै सांसद चौधरीले २०७२ सालको संविधानले सबै खाले विभेदहरुको अन्त्य गरेको दाबी गरिन् । समाजमा विभेदहरु रहेको जनाउँदै सांसद चौधरीले गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकीर गरिन् ।
‘नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भए पनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरु छन् । परम्परागत, सांस्कृतिक विभेदहरु छन् । महिलाहरु आर्थिक क्षेत्रमा पछाडि परेका छन् । ती सबै विभेदहरुको अन्त्यको लागि सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्छ ।’ चौधरीले सम्मान गर्ने संस्था वल्र्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि राजनीति र समाजसेवा मार्फत समाजरुपान्तरण र आर्थिक सशक्तिकरणमा लागि रहने बताइन् ।
महिला आर्थिक सशक्तिकरणकी अभियन्ता समेत रहेकी सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रुपमा रहेर संविधान लेखनमा समेत योगदान पु¥याएकी छिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *