रा.वा.बैंकको बुटवलमा आफ्नै भवन

Nayabimarsha (Weekly Newspaper from Nepal)

बुटवल/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैँकलाई एक नम्बर बैँक बनाउने गरी कार्य गर्नुपर्ने बताएका छन् । बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले त्यस्तो धारणा राखेका हुन् ।
बदलिँदो समयसँंगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैँक बनाउनुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिए । उनले प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्ने गरी कार्य गर्न बैँक व्यवस्थापनलाई अनुरोध गरे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आपूmहरु प्रतिवद्ध रहेको बताए । उनले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय ऊर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रित सेवा प्रवाहमा आपूmहरु सदैव सजग रहेको स्मरण गराउँदै आगामी दिनमा बैँकका हरेक गतिविधिलाई सूचना प्रविधिसंँग जोड्दै लैजाने दाबी उनले गरे ।
यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैँकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, ऊर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए । उनले वित्तीय साक्षरता, सामाजिक सामुदायिक कार्यलाई जोड दिँदै नागरिकसंँग बाणिज्य बैँकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए । प्रतिस्प्रर्धी बजारको माग अनुसार बैँकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी बैँकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको उनले बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले व्याजदरमा अहिले भइरहेको एकल अंकको ब्याजदरलाई स्थिर बनाउन आवश्यक रहेको बताए । यसैगरी कार्यक्रममा बुटवल उपमहानगर पालिकाको वडा नं.४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरु पार गर्न राष्ट्रिय बाणिज्य बैँकले महत्वपूर्ण भूमिका खेल्ने बताए । यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैँकको सेवा प्रवाहमा सुधारको सुरुवात भइरहेकोप्रति खुशी व्यक्त गरे । बैँक सञ्चालक समितिका अध्यक्ष दिलिप कुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपकार्यकारी अधिकृत पवन रेग्मीले गरेका थिए ।
कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु, कम्पनी सचिव लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *