काठमाडौं/ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी निराजन नेपाली संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परेका छन् ।
एनसिबि अवुधावी युएईको समन्वयमा उनलाई त्यहाँ पक्राउ गरिएको प्रहरीले जनाएको छ । रूकुम पश्चिम आठबीसकोट नगरपालिका–५ का नेपालीलाई सम्बन्धित मुद्दामा कारबाही प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन ७ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।
Facebook Comments Box