जनशक्तिको व्यवस्थापनबारे थपिए प्रशिक्षक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/जनशक्तिको व्यवस्थापनसँग सम्बन्धित रहने गरी ३२ जना प्रशिक्षकहरु एच.आर.क्यापिटल नेपाल नामक मुनाफा वितरण नगर्ने कम्पनीले तयार गरेको छ । गत शुक्रबारदेखि सोमबारसम्म उनीहरुलाई प्रशिक्षण दिएर तयार गरिएको संस्थाले जनाएको छ ।
नेपालमा रहेका जनशक्तिको सही व्यवस्थापनको विषयलाई ध्यानमा राखी उक्त संस्थाले मानव संसाधनका विषयलाई जनस्तरसम्म पु¥याउने उद्देश्यका साथ यो प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको संस्थाका अध्यक्ष प्रकाश गैरेले जानकारी दिनु भएको छ । ‘स्थानीय स्तरमा नेतृत्वको विकास–शिक्षा र सीप’ भन्ने विषय छनौट गरी त्यसका लागि आवश्यक प्रशिक्षकहरुको तयारीमा संस्थाले यो प्रशिक्षणको कार्यक्रम राखेको हो । नेपालमा जनशक्ति वा मानव संसाधनलाई बैदेशिक रोजगारीसँगमा मात्र हेरिने प्रचलन रहेकोले जनशक्तिको व्यवस्थापनको पाटो पछि परेको कुरालाई मध्यनजर गरी संस्थाले प्रशिक्षकहरुको उत्पादन गरेको हो ।
‘सही ठाउँमा सही व्यक्तिको व्यवस्थापन भए मात्र मुलुकले विकासमा फड्को मार्ने अवस्था आउँछ भन्ने कुरालाई ध्यानमा राखी प्रशिक्षकहरु तयार गरेका हौं । यसरी तयार भएका प्रशिक्षकहरुलाई विभिन्न जिल्लामा प्रशिक्षकका रुपमा खटाउने तयारीमा संस्था लागेको छ ।’ अध्यक्ष गैरे भन्नु हुन्छ ।
उक्त प्रशिक्षक प्रशिक्षण तालिमका मुख्य प्रशिक्षकका रुपमा पूर्वसचिव केवल प्रसाद भण्डारी रहनु भएको थियो । उहाँले प्रशिक्षार्थीहरुलाई तालिम कसरी दिने भन्ने विषयका अतिरिक्त विषयका विषयमा पनि जानकारी दिनु भएको थियो । प्रशिक्षण तालिममा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुले सहभागिता जनाएको तथा उहाँहरुलाई आगामी पौष १३ गते एक दिनको मूल्यांकन प्रशिक्षण गरी विभिन्न जिल्लामा काममा खटाउने सोच संस्थाले लिएको छ ।
प्रशिक्षक प्रशिक्षण तालिममा अच्युतम लामिछाने, अशोक देव पराजुली, भूपाल बस्नेत, विमल शेर्पाली, विनिता देवी पन्त, चुरामणि भुसाल, गणेश प्रसाद पोखरेल र गोविन्द न्यौपाने प्रशिक्षार्थीका रुपमा रहनु भएको थियो । यसैगरी हरि नारायण लामा, हरि शरण जमकटेल, कौशल कुमार भट्टराई, मेघनाथ भण्डारी, मोहन बहादुर बुर्जा मगर, मुकुन्द चौलागाई, निराकर सुवेदी, पाशाङ शेर्पा, प्रकाश बास्कोटा, राजु गड्तौला र राम कुमार भट्टराईले पनि सहभागी रहनु भएको थियो । यस्तै रीना खुलाल, समीर थापा, सन्तोष विष्ट, सपना सुब्बा, शान्ति पाख्रिन लामा, सिर्जना खड्का, सुभद्रा दंगाल, सुनिता जि.सि., स्वस्ती प्रधान, थम्मन प्रसाद भुसाल, तुलमणि पौडेल, उमेशमान डंगोल, उपमा भण्डारी र नवराज कोइराला पनि सहभागीका रुपमा रहनु भएको संस्थाले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *