भारतलाई अमेरिकाको चेतावनी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भारतलाई अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै उनले भारतलाई चेतावनी दिएका हुन् । उनले भारतमा पठाइने अमेरिकी सामानमा लगाइएको करको विषयलाई लिएर भारतविरुद्ध कडा अभिव्यक्ति दिएका बताइएको छ ।
भारतले अमेरिकी सामानमा जति कर लगाउँछ, अमेरिकाले पनि भारतीय सामानमा त्यति नै कर लगाउने भनी ट्रम्पले भारतलाई चेतावनी दिएका हुन् । अमेरिकाबाट आउने सामानमा लगाइएको उच्च अतिरिक्त महसुलको जवाफमा अमेरिकाले पनि ती सबै देशबाट अमेरिकामा भित्रिने सामानमा त्यही स्तरको अतिरिक्त महसुल अर्थात् रेसिप्रोकल ट्यारिफ लगाउने भनी आफ्नो नीति सार्वजनिक गर्दा त्यसको असर भारतमा पनि पर्ने देखिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *