काठमाडौं लन्डनस्थित नेपाली दूतावासको नयाँ समूहले भूतपूर्व गोर्खाहरुका मागका सम्बन्धमा अनौपचारिक छलफल अघि बढाएको छ । यसअघिका राजदूत ज्ञानचन्द्र आचार्यसहित उपनियोग प्रमुख रोशन खनाल र अन्य चार वर्षे कार्यकाल सकिएर नेपाल फर्किएपछि लन्डन आएको नयाँ समूहले यसमा गृह कार्य गरेको हो ।
तीन महिनाअघि लन्डन दूतावासमा जिम्मेवारी सम्हालेका कार्यवाहक राजदूत एवं उपनियोग प्रमुख विपिन दुवाडीले यसमा पहल कदमी लिएको बताइएको छ । यस बीचमा बेलायती संसद हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलीसहित विदेश मन्त्रालयका अधिकारीहरुसँग अनौपचारिक छलफलका क्रममा गोर्खा समस्या समाधानमा दुवाडीले जोड दिएका छन् ।
नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरे लन्डन गएपछि औपचारिक वार्ता अगाडि बढाइने दुवाडीले जानकारी दिएका छन् । उनले यस विषयमा गोर्खा संगठनका प्रतिनिधिहरुसँग निरन्तर छलफल भइरहेको पनि बताए । गोर्खाहरुका मागका सम्बन्धमा पछिल्लो तीन वर्षयता त्रिपक्षीय वार्ताअन्तर्गत प्राविधिक संयन्त्रका १३ बैठक र झण्डै आधा दर्जन मन्त्रिस्तरिय वार्ता भइसकेका बताइएको छ ।
प्राविधिक स्तरमा गोर्खा मुद्दामा छलफल हुंदै आए पनि वार्तामा अपेक्षित उपलब्धि हासिल नभएको भन्दै गोर्खाहरु निराश बन्दै आएका छन् । यस्तो अवस्थामा बेलायतको राजदूतको भूमिका निर्वाह गर्न पुग्ने नयाँ राजदूत चन्द्रकुमार घिमिरेबाट धेरै आशा गरिरहेको अवस्था बताइएको छ ।
पूर्व गोर्खाहरु समाधानको आशामा
Facebook Comments Box