मसलन्द उद्योग संघमा शाह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । चौथो राष्ट्रिय अधिवेशन समेत गरिएको अवसर पारेर विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनले नौजना पदाधिकारी र १० जना सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको जनाइएको छ । १९ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी, प्रथम अध्यक्षमा केशवराज खनाल र द्वितीय उपाध्यक्ष प्रकाश श्रेष्ठ सर्वसम्मत भएको घोषणा गरिएको थियो । यसैगरी राकेश मेहता महासचिव, गोपाल खेतान उपमहासचिव, गणेशप्रसाद अधिकारी कोषाध्यक्ष, गंगाबहादुर अधिकारी सचिव, सुरेशकुमार भट्टराई सहकोषाध्यक्ष पनि निर्विरोध निर्वाचित गरिए ।
सदस्यहरुमा रञ्जितकुमार अग्रवाल, दिलिपकुमार अग्रवाल, कमल नेपाल, राजेन्द्र डंगोल, पंकज अग्रवाल, प्रदीपकुमार घिमिरे, राजकृष्ण दाहाल, किरण खरेल, हेमराज खनाल र विचित्र ढुंगानालाई चयन गरिएको जनाइएको छ ।
अधिवेशनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *