फाइल

Nayabimarsha (Weekly Newspaper from Nepal)
विजयराज पोखरेल

फाइल
यस्तो जिनीस रहेछ
जुन
कसैको इशारामा
दराजमा थन्क्याउन मिल्ने
सरक्क झिक्न पनि मिल्ने !

फाइल
यस्तो जिनीस रहेछ
जुन
कसैको मिलोमतोमा
हरायो भन्न मिल्ने
भेटियो भन्न पनि मिल्ने !

फाइल
यस्तो जिनीस रहेछ
जुन
कसैको आदेशमा
धुलो जमाउन मिल्ने
धुलो टकटक्याउन पनि मिल्ने !

फाइल
यस्तो जिनीस रहेछ
जुन
कसैको तजबिजमा
सजिलै खोल्न मिल्ने
बन्द गर्न पनि मिल्ने !

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *