अर्याल विवादमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक डा.कुन्दन अर्याल परीक्षाको नतिजा लुकाएको विवादमा परेका छन् ।
डिन कार्यालयले पत्रकारिता तथा आमसञ्चारको स्नाकोत्तर तेस्रो सेमेस्टरको नतिजा पुस २३ गते प्रकाशित गरेको बताउँदै आए पनि त्यसलाई विभागले १५ दिनसम्म लुकाएको स्रोतले दाबी गरेको छ । नतिजा सार्वजनिक नगरिए पनि माघ ७ गतेदेखि विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा प्रशासनका कर्मचारी एकराज कँडेलले भने जानकारी दिन थालेका हुन् ।
नतिजालाई नै लामो समय लुकाएपछि विद्यार्थीहरुले नै विभागीय प्रमुख डा.अर्यालको राजीनामा मागेका छन् । विभागमा विद्यार्थी संयोजकको भूमिकामा रही विभिन्न कार्यक्रमहरु गर्दै आएका चौथो समेस्टरका विद्यार्थी बाबुराम आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत नतिजा समयमै सार्वजनिक नहुनुमा विभागीय प्रमुख डा.अर्याल दोषी रहेको भन्दै राजीनामा माग गरेका हुन् ।
विभागीय प्रमुख डा. अर्यालले एमफिल, पीएचडी तथा स्नातकोत्तर तहका विद्यार्थीहरुलाई अनुहार हेरेर, चाकरीको भरमा परीक्षाको नम्बर दिने गरेको आरोप समेत लाग्दै आएको छ । अर्यालको कार्यशैलीप्रति असन्तुष्टि भए पनि विद्यार्थीहरु उनको डरले बोल्न डराउने गरेका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *