मेटलाइफ र फरवार्डद्वारा न्यानोकपडा वितरण

Nayabimarsha (Weekly Newspaper from Nepal)

सुनसरी . मध्यजाडोको अवस्थालाई मध्यनजर गरी सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका दुई सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं.९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको जनाइएको छ ।
तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् सांसद भगवती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गरेका थिए ।

वितरण कार्यक्रममा सांसद चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताइन् । सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक व्यावसायिक क्षेत्रले सामाजिक कामहरु गर्दा आर्थिक, सामाजिक रुपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने धारणा चौधरीले राखेकी थिइन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *