काठमाडौं/ ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न भएको छ । लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो ।
‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ का विभिन्न विधाहरुमा विजेता कलाकारहरुलाई सो अवसरमा अवार्ड प्रदान गरिएको थियो । उक्त कार्यक्रममा लोक दोहोरी गायिका एवम् मोडल रिया रेग्मी अवार्ड विजेता बनेकी छिन् । रियाले ‘रहरै भो…………’ गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलको अवार्ड हात पारेकी हुन् । कलाकारिताको क्षेत्रमा प्रवेश गरेको दुई वर्षमै रियाले यो अवार्ड लगायत धेरै सफलताहरु हात पार्न सफल भएकी छन् । रियालाई वरिस्ठ गायिका शर्मिला गुरुङ, वरिस्ठ गायक इन्द्र जिसिले बेस्ट म्युजिक भिडियो मोडलको अवार्ड प्रदान गरेका थिए ।
सुजन म्युजिक प्रा.लि.का अध्यक्ष जमुना रानाले भारतमा नेपालीको अवार्ड कार्यक्रम दोस्रो पटक आयोजना गरिएको बताइन् । सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगीतकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यस वर्ष पनि अवार्ड कार्यक्रम भएको हो । अवार्ड कार्यक्रमका लागि मनोनयन फारम खुल्ला गरेर सम्पूर्ण प्रक्रिया पूरा गरी भोटिङ गरेर धेरै भोट प्राप्त गरेका व्यक्तिलाई विजयी घोषणा गरिएको थियो । सो अवार्ड कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो ।
यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाइनल कार्यक्रम भारतको नयाँ दिल्लीमा गरिएको थियो ।

भारतमा नेपाली म्युजिक अवार्ड
Facebook Comments Box