काठमाण्डौ/ बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेलामा युवाहरुलाई रोजगार दिने तयारी गरिएको जानकारी प्रदान गरिएको छ ।
“शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता” नारासहित हुन लागेको मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ । नगरपालिकाले गत वर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यस पटक श्रमिक तथा उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिइने जानकारी दिएको छ । मेलामा कुल ४८ वटा स्टल रहने छन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्ने जानकारी गराइएको छ ।
माध्यामिक तह उत्तीर्ण गरेका सयजना युवाहरूका लागि रोजगारी प्रवद्र्धनको विशेष अवसर मिलाइने र चार सयजनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिने नगरपालिकाको योजना छ । यसैगरी युवाहरूलाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तक्र्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले बताएको छ ।
युवा रोजगारीका लागि न.पा.तात्दै
Facebook Comments Box
