ललितपुर/ ‘ललितपुरे दाइ’ (ललितपुरको चिनारी भाग–२) को भिडिओ लोकार्पण भएको छ ।
वरिष्ठ लोकगायक मिठाराम के.सी. र लोकप्रिय गायिका सुनिता थेगिमको युगल श्वरमा रहेको उक्त गीतको म्युजिक भिडिओको लोकार्पण शनिबार भएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ललितपुरले आयोजना गरेको सो लोकार्पण समारोह प्रतिष्ठानका उपाध्यक्ष विदुर घिमिरेको सभापतित्वमा भएको थियो । मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार नवराज लम्सालको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको थियो ।
भिडिओ फूलचोकी कलाकर्मी प्रा.लि.नामक युट्युब च्यानलबाट शनिबार नै विश्वव्यापी रुपमा सार्वजनिक भएको बताइएको छ । ललितपुर जिल्लाको सामाजिक, धार्मिक, ऐतिहासिक र प्राकृतिक महिमाको साथै पारम्परिक सीपको बारेमा यो गीतमा वयान गरिएको छ । यो गीतमा मिठाराम के.सी. को शब्दरचना एवं सङ्गीत र बलराम समालको सङ्गीत संयोजन रहेको छ । भिडिओ वरिष्ठ कलाकार/नृत्य निर्देशक कृष्णभक्त महर्जनको निर्देशनमा छायाङ्कन भएको हो । यसमा कुशल छायाकार/सम्पादक वीरेन्द्र भाट ‘विपिन’ को सिनेमाटोग्राफी र सम्पादन रहेको छ ।
भिडिओमा गायक मिठाराम के.सी. र रिना थापा मगर लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडिओ लोकार्पण समारोहमा सङ्घीय सांसद उदय समशेर राणा, बागमती प्रदेश सांसद रघुनाथ महर्जन, नेकपा (एमाले) का ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम साहित्यकार रत्न विरही घिमिरेले सञ्चालन गरेका थिए ।

‘ललितपुरे दाइ’ अब विश्वभरी
Facebook Comments Box