स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र

Nayabimarsha (Weekly Newspaper from Nepal)

एस.भट्टराई
अष्टे«लिया/ स्पेनका राजा फेलिपे छैठौंसमक्ष स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
गएको मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरे । सोही अवसरमा उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा वार्ता पनि गरेका दूतावासले जानकारी दिएको छ ।
त्यसअघि राजदूत नेपालले स्पेनको परराष्ट्र मन्त्रालयमा गएर स्पेनको परराष्ट्र मन्त्रालयमा दक्षिण तथा पूर्वी एशिया हेर्ने उप महानिर्देशक गिलेर्मो अंगिरासँग औपचारिक भेट गरेका बताइएको छ । प्यालेस द सान्ता क्रुजमा स्पेनको रोयल गार्डले राजदूत नेपाललाई सम्मान गारद अर्पण गरेको थियो । उक्त अवसरमा नेपालको राष्ट्रिय गान पनि बजाइएको थियो ।
राजदूत नेपाललाई बधाई दिनुका साथै राजा फेलिपेले युवा अवस्थामा पर्यटकको रुपमा नेपालको अनौपचारिक भ्रमणको सम्झना गरे । उनले फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताएको पनि राजदूतावास स्रोतले जानकारी दिएको छ ।
नेपाल र स्पेनबीच मे १३, १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल सरकारले २० फेब्रुअरी २०१७ मा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *