काठमाडौं/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा झापा निवासी देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका छन् । नेकपा (एमाले) बाट राष्ट्रिय सभाका सांसद बनेका दाहाल प्रधानमन्त्री ओलीको आशिर्वादका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जस्तो बढी बजेट भएको आकर्षक मन्त्रालयको जिम्मेवारी विगत आठ महिनादेखि सम्हाल्दै आएका छन् ।
विकास, सुशासन र समृद्धिको नारा लिएर बनेको काँग्रेस–एमाले गठबन्धन सरकारमा विकास कागजमा मात्र सीमित बन्न पुगेको र आठ महिनामा सडक निर्माणले गती लिन नसेको चर्चा चलेको छ । सडकको विकास र निर्माणका बारेमा अनभित्र मन्त्री दाहालले सडक विभागका इन्जिनियर प्रमोद खतिवडालाई आफ्नो पिएमा नियुक्त गरेका छन् । सडक डिभिजन काठमाडौंमा दरबरन्दी भएका इन्जिनियर खतिवडा मन्त्री दाहालका जिल्लाबासी हुन् । एमालेको निजामती कर्मचारी संगठनप्रति आवद्ध रहेका खतिवडाले अहिले मन्त्रालय, विभाग र सडक डिभिजनहरुलाई एमालेकरण गरेको जानकारहरुले बताएका छन् ।
यसबाहेक पिए खतिवडाले कर्मचारीहरुको सरुवा गर्दा हस्तक्षेप गरेपछि भौतिक पूर्वाधार तथा यातायत सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक रामहरि पोख्रेल निरीह बन्न बाध्य भएको समाचार श्रोतले बताएको छ । दाहाल मन्त्री भएर गएपछि भौतिक मन्त्रीको पिए बनेका खतिवडाले लगभग डेढ सय इन्जिनियरहरुको सरुवा गर्दा बढीमा १० लाखसम्म घुस लिएर सरुवा गरेको समाचार स्रोतको दाबी छ ।
सचिव र महानिर्देशकको अधिकार क्षेत्रलाई हस्तक्षेर गरेर पिए खतिवडाले मन्त्रालय र विभागमा आतंक मच्चाएको समाचारमा उल्लेख छ । सिनियर डिभिजन इन्जिनियरहरुलाई मोलमोलाइमा निमित्त दिइएको बताइएको छ । निमित्त बनेर चलखेल गर्न खप्पिस मानिएका इन्जिनियरहरुमा बैतडीमा लक्ष्मणदत्त जोशी, साँफेबगर नेत्रप्रसाद देवकोटा, सडक सुधार तथा विकास योजना कार्यालय दोलखाका ईश्वर कार्की, कर्णाली करिडोर उत्तरखण्डका बेलबहादुर नेपाली, कर्णाली करिडोर र दक्षिण खण्डका तुलाराम शर्मा रहेका छन् ।
यसैगरी महाकाली करिडोर दीपक सुनार, सेती राजमार्ग उत्तरखण्ड वीरेन्द्र कुमार यादव, सेती राजमार्ग दक्षिणखण्ड वीरेन्द्र बहादुर चन्द, धनगढी सडक योजनामा लक्ष्मण बहादुर रावल रहेका छन् । यसरी मन्त्रीको पिए बनेका खतिवडाको आतंकले सचिव र डिजी दिक्दार बनेका छन् नै त्यसबाहेक ठूला आकर्षक योजनाका सुईहरु समेत हैरान बनेको समाचार सूत्रले बताएको छ ।
यस्तै चलखेल आतंक शहरी विकास र गृहमन्त्रालयमा पनि चल्न थालेको सुशासन हात्तीको देखाउने दाँत जस्तै बनेको श्रोतले बताएको छ ।
यता, मन्त्रिपरिषदले एउटै कार्यक्रममा मन्त्री र सचिव विदेश भ्रमणमा जान रोक लगाए पनि मन्त्री दाहाल र सचिव शर्मा अमेरिकामा हुने एउटा कार्यक्रममा देशको ढुकुटीमा चुना लगाएर त्यसतर्फ उडेको समाचार श्रोतले बताएको छ ।

भौतिकमा मन्त्रीका पिएको चलखेल
Facebook Comments Box