वैदेशिक रोजगार विभागमा के.सी.को मस्ती

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ वैदेशिक रोजगार विभागलाई भ्रष्टाचार हुने अखडाका रुपमा गणना गरिएको छ । मालपोत, नापी, यातायात सडक अध्यागमन र वैदेशिक रोजगार विभागमा सरुवा हुन कर्मचारीहरुले मोटो रकम बुझाउने गरेको मन्त्रालय अन्तर्गत पर्ने वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम स्वीकृति शाखालाई त्यहाँ प्रमुख भएर जाने उपसचिवले आयआर्जनको थलोको रुपमा परिणत गरेको समाचार श्रोतले जानकारी दिएको छ ।
तात्कालिन वैदेशिक रोजगार कार्यालयलाई हाल विभाग अन्तर्गत शाखाका रुपमा गाभिएको छ । श्रम मन्त्रालय अन्र्तगत पर्ने वैदेशिक रोजगार विभागलाई विचौलियाले चलाउने गरेको आरोप रास्वपाका उपसभापति सांसद एवं पूर्व श्रम तथा रोजगार मन्त्री डी.पी. अर्यालले लगाएका छन् । गत फागुन २३ गते बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचलस्थित बैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम स्वीकृति शाखामा दैनिक ७५ लाख घुस असुली भैरहेको बताएका थिए ।
श्रम स्वीकृति शाखामा श्रीधर के.सी. शाखा प्रमुख छन् । देशमा रोजगार नपाएर विदेशिन बाध्य युवाहरुलाई विभिन्न अड्चन थापेर श्रम स्वीकृति शाखाले घुस खुवाउन बाध्य पार्ने गरेको जानकारहरुले बताएका छन् । श्रम स्वीकृति शाखाले डिमाण्ड र पूर्वस्वीकृति दिने भएकाले म्यान पावर व्यवसायी एवं विचौलियाहरुबाट मोटो रकम बुझ्दै आएको जानकारहरुले बताएका छन् । हालसालै श्रम मन्त्रालयको निर्देशनमा विभाग अन्तर्गत फाजिलमा कार्यरत २२ जना कर्मचारीहरुलाई मन्त्रालयमा फिर्ता गरिएपछि उनीहरुको दानापानी हरण भएको छ ।
ती कर्मचारीहरुले श्रम स्वीकृति शाखामार्फत असुली हुने घुस मन्त्री, सचिव र उच्च पदस्थ कर्मचारीहरु सम्म पुग्ने गरेको श्रोतले बताएको छ । यसरी दैनिक रुपमा उठने गरेको घुसको रकमबाट शाखा प्रमुख के.सी.ले मस्ती गर्दै आइरहेको बताइएको छ । नेपालमा भविष्य नदेखेर विदेश जाने श्रमिकहरुको घुस संकलन गर्ने अड्डा श्रम स्वीकृति शाखा बन्ने गरेको चर्चाका बारेमा मन्त्री सचिवलाई थाहा भएपनि बेखबर बन्ने गरेको समाचारमा उल्लेख गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *