बालसाहित्यमा नयाँ नेतृत्व

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल बालसाहित्य समाजले नयाँ नेतृत्व पाएको छ । शनिबार सम्पन्न निर्वाचनबाट विजयराज आचार्य अध्यक्षमा चयन हुनु भएको छ । ७० जना मतदाता प्रतिनिधि रहनु भएको उक्त समाजमा केही पदका लागि निर्वाचन प्रक्रिया गरिएको थियो ।
यसैगरी उपाध्यक्षमा विजयराज न्यौपाने निर्वाचित हुनु भएको छ । सोही दिन भएको निर्वाचनबाट कोषाध्यक्षमा डा.सीता सुवेदी निर्वाचित हुनुभयो । यसैगरी दुई पदको लागि भएको खुल्ला सदस्यमा समन श्रेष्ठ र क्रान्ति पाण्डे निर्वाचित हुनुभयो ।
त्यसो त महासचिव, सचिव र आरक्षित सदस्यहरुमा यसअघि नै निर्विरोध निर्वाचित भएको अवस्था थियो । यसरी निर्विरोध निर्वाचित हुनेहरुमा महासचिवमा विष्णु के.सी. तथा सचिवमा भानु भट्टराई रहनु भएको छ । यसैगरी महिला सदस्यमा यशोधा अधिकारी, प्रकाशकका तर्फबाट सदस्यमा केशव पराजुली, शिक्षकका तर्फबाट सदस्यमा अनिरुद्र अर्याल र चित्रकारबाट सदस्यमा अर्पिता शाक्य निर्विरोध निर्वाचित हुनु भएको थियो ।
पदबहाली चैत्र २४ गते गर्ने समझदारी भएको हालका अध्यक्ष प्रमोद प्रधानले जानकारी दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *