काठमाडौँ/ लेखक तथा पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत उहाँको आइतबार साँझ निधन भएको थियो । त्यसअघिको मंगलबार घरमै लडेर पक्षघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।
कोइराला पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका सुपुत्र हुनुहुन्थ्यो । कोइराला किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । लेखन र पत्रकारितामा समेत उल्लेखनीय योगदान दिनुभएका कोइराला दक्षिण कोरियाका लागि राजदूत समेत रहनुभएको थियो ।
काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली सभा गरी उहाँको अन्त्येष्टि गरिएको थियो ।
Facebook Comments Box