यौनकथा: छोटो प्रेमको उपहार

Nayabimarsha (Weekly Newspaper from Nepal)
निरजराज सुवेदी

दिन ढल्दै जाँदै छ । जति जति दिन ढल्दै जाँदै छ, उति विनोदको छटपटी बढ्दै छ । ऊ बारम्बार हातको घडी हेर्छ । अफिस समय सक्न अझै पच्चीस मिनेट बाँकी छ । विनोदलाई यो पच्चीस मिनेट पच्चीस घण्टा झैं लागिरहेको छ ।

ऊ कहिले अफिस कोठाबाट निस्किएर यताउता गर्छ । पुनः अफिस कोठामा छिर्छ । नाडीको घडीमा नजर पु¥याउँछ । भरखर पाँच मिनेट बितेको रहेछ । अझै बीस मिनेट बिताउनुछ । खल्तीबाट मोबाइल निकालेर फेसबूकमा भुलिन खोज्छ । आँखा भुलिए पनि मन भुलिन सकिरहेको हुँदैन । उसको बुढीऔंला फेसबूकका पानाहरू माथि माथि सार्दै मनलाई त्यसैमा थिर गराउने प्रयास गर्छ तर असफल हुन्छ ।
पटक पटक प्रयास गर्दा पनि असफल भएपछि विनोदले फोन बन्द गर्छ । जीउ तनक्क तन्काएर हाई गर्छ । अझै दश मिनेट बाँकी रहेको कुरा घडी हेरेर थाहा पाउँछ । ऊ सीटबाट जुरुक्क उठ्छ । दुवै खल्तीमा हात हालेर बिस्तारै अफिस कोठाबाट निस्किन्छ र वासरूमतिर लाग्छ । वासरूममा केही मिनेट अलमल गरेपछि गीत सुसेल्दै अलि सुस्त गतिमा ऊ अफिसको मूल ढोकामा आइपुग्छ, जहाँ औंलाले थिचेर हाजिरी गर्ने मेसिन जडान गरिएको छ । त्यहिं उसकै कार्यालयको सहकर्मीसँग भेट हुन्छ । त्यहीं गफगाफमै बाँकी रहेको समय बिताउँछ ।
अर्का सहकर्मी आएर बुढी औंलोले थिचेर हाजिरी जनाउँछ अनि उनीहरूलाई बाइबाई गर्दै निस्कन्छ । त्यसपछि विनोदले फटाफट बुढी औंलाले थिचेर कसैसँग बिदाबारी समेत नभई मोटरसाइकल स्टार्ट गरेर अफिस कम्पाउन्डबाट निस्कन्छ ।
कार्यालयबाट घर फर्कने बेलुकाकको समय । सडकको भीडभाड अनि सवारीको जामलाई पार गर्दै विनोद पुग्छ आफ्नो गन्तव्यमा । विनोदको गन्तव्य थियो, शहरको भित्री गल्लीको पुरानो घरमा रहेको भट्टीपसल ।
डल्ली साहुनीको भट्टीपसल । यही नामले चर्चित छ यो भट्टीपसल । रक्सीप्रेमीहरू खानपिन र गफगाफमा व्यस्त भइसकेका थिए । चुरोटको धुँवाले भट्टीपसलको सानो कोठा भरिएको थियो । एकातिर चुरोटको धुवाँ । अर्कोतिर भुटन, सेकुवा जस्ता परिकार फ्राइ गरेको तेलको धुवाँ । रक्सी, बियर अनि विभिन्न प्रकारका सितनको गन्ध । त्यही गन्धमा स्वर्गीय आनन्द लिइरहेका छन् रक्सीप्रेमीहरू ।
रक्सीको नशामा कोही आफ्नो पीडा पोखिरहेका छन् । कोही चूपचाप, मौन भएर पिइरहेका छन् । विनोद फटाफट भट्टीको ढोकामा उभिन पुग्छ । भित्र निरन्तर उठिरहेका गन्धले विनोदलाई आनन्दित तुल्याउँछ । रातको अन्धकारले काठमाडौंलाई छोप्दै गइरहेको छ ।
डल्ली साहुनीको श्रीमान् आज पनि त्यही कुनामा बसेर स्टीलको गिलासमा लोकल रक्सी घुट्क्याउँदै छ । हुन त लोग्नेलाई देखी सहन्न डल्ली साहुनीले । बसीबसी चारपाँच गिलास पिउँछ । पिउन पाएन भने रीसले सबैको सामुन्ने डल्ली साहुनीलाई तथानाम मुख छाड्दै गाली गर्दै बस्छ । ऊ रक्सी पिउँदै डल्ली साहुनीमा आँखा गडाइबस्छ सिसी क्यामरा झैं । जसले भिडियो मात्र होइन, अडियो पनि रेकर्ड गरिरहेको हुन्छ ।
राति भट्टी बन्द गरेर उनीहरू ओछ्यानमा पुगे लगत्तै डल्ली साहुनीको लोग्ने हतार हतार आफू पनि नाङ्गिन्छ र डल्ली साहुनीलाई नङ्ग्याउँछ । साहुनीको नाङ्गो शरीर ओछ्यानमा उत्तानो परेर लडिरहेको हुन्छ । उनको जँड्याहा लोग्ने आक्रोशित नजरले नियालेर शिरदेखि पाउसम्म हेर्छ । अनि पूर्ण उत्तेजित भएर दिनभरीको आक्रोश पोख्दै पुरुषार्थको प्रदर्शनमा उत्रन अघि बढ्छ । तर युद्ध क्षेत्रमा प्रवेश गर्न नपाउँदै ऊ परास्त हुन्छ । घाइते झैं शिथिल भएर लड्छ । डल्ली साहुनी निर्जीव प्रस्तर शिला झैं ओछ्यानमा लडिरहेकी हुन्छिन् । यो उनीहरूको दैनिकी नै हो । यसकारण पनि उनीहरूको सन्तानको इच्छा पूरा हुन सकेको छैन । अब त परिवारको नाममा उनीहरू श्रीमान् श्रीमती बाहेक अरू कोही छैन । श्रीमानबाट सन्तानको आशा पनि पूरा नहुने र रमाउने उमेर पनि बित्न थालेको देखेपछि डल्ली साहुनी पनि सन्तान खेलाउने आफ्नो चाहनालाई मारेर बाँच्नको लागि जीविका चलाउँदै छिन् ।
भट्टीको ढोकामा उभिएको विनोदको नाकले लोकल रक्सीको साथमा भुटन, सेकुवा लगायतका परिकारहरूको मिश्रित गन्धको अनुभव गर्छ । उसलाई त्यो गन्ध कुनै सुन्दर फूलको वासना झैं लाग्छ । बल्ल विनोदको मन शान्त हुन्छ । प्रफुल्लित हुन्छ किनकि त्यहि गन्ध उसले डल्ली साहुनीको शरीरमा पाउने गरेको छ । त्यसकारण पनि ऊ हरेक दिन, दिन ढल्कँदै गए पछि ऊ त्यहाँ पुग्न हतारिने गर्छ । गत केही समयदेखि उसले यो कार्यलाई नबिराई निरन्तरता दिंदै आएको छ । डल्ली साहुनीको नजर ढोकामा उभिएको विनोदमा पर्छ ।
“आज ढोकैबाट वासना मात्रै लिएर फर्कने विचार छ कि क्या हो हिरोको ?” भन्दै साहुनीले प्रश्न गरिन् ।
साहुनीको प्रश्न सुनेर विनोद साहुनीतिर लज्जालु मुस्कान फाल्दै सरासर भट्टीभित्र पस्छ र सदा झैं कुनाको टेबलमा गएर बस्छ, जहाँ बसेर साहुनीलाई नियाल्न सहज आजकल हुने गर्दछ । त्यसकारण पनि उसले यही स्थानलाई रोज्ने गरेको हो । साहुनी पनि त्यो स्थान विनोदकै लागि ओगटेर राख्ने गर्छिन् । ऊ मोहनी मन्त्रले तानिए झैं साहुनीतिर तानिएको छ । विगत केही समयदेखि साहुनी पनि उसलाई अलि विषेश रूपमा सेवा दिन थालेकी छिन् । उच्चशिक्षा अध्ययनको लागि काठमाडौं प्रवेश गरेको थियो विनोद । काठमाडौंको महँगीको कारण उसले पढाइको साथसाथै रोजगारी पनि शुरू गर्छ ।
एकदिन उसको साथी विदेश जाने भिसा लाग्यो । यही खुशी मनाउन त्यो मित्रले विनोदलाई त्यही भट्टीमा पु¥यायो । त्यहाँ खानपिनको क्रममा लोकल रक्सीले रमरम पार्न थाल्यो । त्यही वेला विनोदको नजर डल्ली साहुनीमा टाँस्सियो । गोरो, अलि मोटो, अलि अग्लो, कता कता नमिलेको अलि भद्दा जस्तो शरीर विनोदलाई सुन्दर लाग्न थाल्यो । साहुनीको शरीरबाट आउने गन्ध उसलाई मीठो लाग्न थाल्यो । त्यसपछि विनोद यो भट्टीको नियमित ग्राहक हुँदै गयो । साहुनी पनि विनोदतिर बिस्तारै बिस्तारै आकर्षित हुँदै गइन् । गोप्य रूपमा उनीहरू दुई बीचको मित्रताको गाँठो कस्सिंदै गयो ।
हरेक दिन डल्ली साहुनी लोकल रक्सीको साथमा विनोदको लागि मीठामीठा सितन तयार गरेर राख्छिन् । त्यो दिन साहुनीको माया विनोद अलि बढी नै जागेर हो या अरू कुनै पीरले हो रक्सीको मात्रा अरू दिनको भन्दा अलि बढी नै भएछ क्यारे । विनोद उठेर डेरासम्म जाने अवस्थामा थिएन । रात बित्दै छ । रक्सीले लट्ठिएका ग्राहकहरू एक एक गरेर त्यहाँबाट निस्कँदै छन् ।
साहुनीले गुपचुप स्टोर कोठाको एक छेउमा विनोदको लागि ओछ्यान तयार गर्छिन् । फटाफट तल पसलमा झर्छिन् । यति नै वेला उनको लोग्ने उठेर भित्ताको सहारा लिंदै पसलको पछाडि अँध्यारो चेपमा रहेको चर्पीतिर लाग्छ । यही मौका छोप्दै साहुनीले विनोदलाई त्यही स्टोर कोठामा पु¥याउँछिन् र उनको लागि तयार पारेको ओछ्यानमा सुताएर बाहिरबाट ढोका बन्द गर्छिन् । अनि पसल बन्द गर्न तल झर्छिन् । बाँकी रहेका एकदुई ग्राहक पनि साहुनीको हातमा पैसा बुझाएर निस्किन्छन् । साहुनी थन्कोमन्को गर्नतिर लाग्छिन् ।
उनको जँड्याहा लोग्ने भित्ताकै सहारामा चर्पीबाट निस्कन्छ । अनि साहुनीलाई मुख छाडेर गाली गर्दै ‘छिटो सुत्न आइज’ भनेर सुत्ने कोठातिर लाग्छ ।
साहुनी फटाफट पसल बन्द गर्छिन् । आफ्नो थकित शरीरलाई मुढा झैं ओछ्यानमा लोग्नेको सामुन्ने लडाउँछिन् । साहुनीको शरीर आफ्नो सामुन्ने लडे लगत्तै उनको लोग्ने पुरुषार्थ प्रदर्शनमा ओर्लिन्छ तर आज पनि युद्ध क्षेत्रमा प्रवेश गर्न नपाउँदै घाइते भएर लड्छ ।
यति बेला विनोदको तस्वीर डल्ली साहुनीको आँखा अगाडि झलझली आउँछ । साहुनीको चाहना झनै तीव्र हुन्छ । उनी आफूलाई सँभाल्न सकिनन् । मध्यरात बितिसकेको हुन्छ । साहुनी अर्ध नग्न अवस्थामै स्टोर कोठामा पस्छिन्, जहाँ उनले विनोदलाई सुताएकी हुन्छिन् ।
विनोद मस्त निद्रामा थियो । साहुनीले बिस्तारै स्टोर कोठाको ढोका भित्रबाट बन्द गर्छिन् । विनोदसँगै छेउमा ढल्किन्छिन् । सँगै ढल्केपछि डल्ली साहुनी प्यास मेटाउन झनै आतुर हुन्छिन् । भोकोले केरा नङ्ग्याए झैं विनोदलाई नङ्ग्याउन शुरू गर्छिन् भने आफ्नो शरीरमा भएको कपडा पनि खोलेर फ्याँक्छिन् जुन उनको उत्तेजनालाई बाधा पारेको थियो । विनोदमाथि सवार हुन्छिन् । उनी विनोदलाई जगाउन चाहन्छिन् । विनोदको शरीरमा गर्मी ल्याउन चाहन्छिन् । डल्ली साहुनीको शरीरको गर्मी बिस्तारै बिस्तारै विनोदको शरीरमा सर्दै जान्छ । हट्टाकट्टा जवान ठिटो, विपरीत लिङ्गीको शरीरको न्यानो स्पर्शले शक्तिको सञ्चार हुन्छ । शक्तिले सीमा नाघ्छ । त्यै नाघिएको सीमामा नै उनीहरू रमाएका हुन्छन् । रात झन् वासनामय भइदिन्छ । दुवैले आफूलाई एकअर्कामा समर्पित गर्छन् । दुवैको चाहना पूरा हुन्छ । साहुनीको शरीर तृप्त हुन्छ तर, मन तृप्त हुँदैन । विनोदप्रति निक्कै माया जाग्छ । उनले विनोदकै अँगालोमा त्यो रात बिताउँछिन् ।
भोलिपल्ट बिहानीको झिसमिसेमै विनोद त्यहाँबाट निस्कन्छ । यसरी उनीहरूको गोप्य मिलन दुईचार पटक भई नै रहन्छ । तर, केही दिन पछि अचानक उनीहरूको गोप्य मिलन पातलिंदै जान्छ र, केही समय पश्चात् विनोद भट्टीमा देखा पर्न छाड्छ । शायद विनोदको छटपटीको म्याद पुगिसकेको हुन्छ तर डल्ली साहुनीको प्रतीक्षा भने जारी नै रहन्छ ।
जति जति प्रतीक्षाको घडी बढ्दै जान्छ त्यति त्यति विनोदलाई भेट्न साहुनीको चाहना तीव्र हुँदै जान्छ । उनी एक पटक मात्रै भए पनि विनोदलाई भेटेर धन्यवाद दिन चाहन्छिन् किनकि विनोदकै कारण उनी गर्भवती हुन्छिन् । पटक पटक फोन सम्पर्कको प्रयास गर्छिन् तर फोन सम्पर्क हुन सक्दैन । शायद विनोदले फोन नम्बर परिवर्तन गरेको हुनसक्छ ।
केही समय पछि कसैमार्फत डल्ली साहुनीले खबर पाउँछिन् कि विनोद आफूले काम गर्ने गरेको कार्यालयकै एक महिला कर्मचारीसँग विवाह गरेर विदेशतिर लाग्यो । यो खबरले साहुनीलाई निक्कै ठूलो चोट लाग्छ । सबै शून्यझैं लाग्छ । उनी त्यहाँ बस्न चाहिनन् । अब बच्चाको लागि भए पनि नयाँ जीवन शुरू गर्ने उद्देश्यको साथ सबै बेचबिखन गरेर उनै जँड्याहा लोग्नेको साथमा आफ्नै गाउँ फर्कन्छिन् रात्रि सवार बसमा ।
डल्ली साहुनी गर्भवती भएको खबर पाएदेखि उनको जँड्याहा लोग्नेमा परिवर्तन देखिन थाल्छ किनकि आफू उनै लोग्नेको कारण गर्भवती भएको कुराको विश्वास दिलाउन उनी सफल भएकी छिन् । त्यसकारण पनि डल्ली साहुनीको श्रीमान् नयाँ जीवनको शुरूवातको लागि डल्ली साहुनीको साथ दिन थालेको हुन्छ । डल्ली साहुनी भने विगतका सबै घटना बिर्सिएर नयाँ जीवनको सुखद योजना बुन्दै लोग्ने काँधमा टाउको बिसाएकी हुन्छिन् । छोटो प्रेमको उपहार बोकेकी डल्ली साहुनी सवार रात्रि बस आफ्नै रफ्तारमा गुड्दै काठमाडौंको सिमाना कटेर अँध्यारोमा ओझेल हुँदै जान्छ । (साहित्यपोष्ट डटकमबाट)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *