प्रलेस नेपालको नयाँ नेतृत्व चयन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ प्रगतिशील लेखक संघ, नेपालको १३औँ राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनले डा. देवी क्षत्री दुलालको अध्यक्षतामा ९१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको हो । समितिमा ४५ सदस्यीय केन्द्रीय समिति र ४६ सदस्यीय राष्ट्रिय परिषद् रहने व्यवस्था छ ।
सातै प्रदेशका अध्यक्षहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहनु हुने व्यवस्था विधानमा रहेको छ ।

नेपालका प्रगतिशील तथा वामपन्थी लेखकहरूको साझा संस्थाको रुपमा मानिने संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा डा. अमृता शर्मा र समीर सिंह रहनु भएको छ । यसैगरी महासचिवमा पारस ढकाल, उपमहासचिवमा वोधकुमार घिमिरे, सचिवमा डा. हरि तिमल्सिना र कुशल बोगटी तथा कोषाध्यक्षमा डा. कृष्ण सुवेदी रहनुभएको संघले जनाएको छ ।
केन्द्रीय समितिका सदस्यहरूमा कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु के.सी., प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, प्रकाश किरण र गंगा रिजाल रहनुभएको छ ।

यसैगरी डा. प्रतिभा पुन, मायामितु न्यौपाने, देव गजमेर, शेखर अर्याल, दिनेश दुलाल, विमला पोखरेल, सृजना अर्याल, विमला विश्वकर्मा, भीम रानाभाट, डा.पूर्ण भण्डारी, मणि अर्याल, सिर्जन श्री, गोविन्द अर्याल, राजेन्द्र सर्वहारा, रमेश पन्त ‘मितबन्धु’, दुर्गा परियार, आरोह नेपाली, मुक्तान थेबा, करण दयाल र डिल्लीराम भण्डारी रहनुभएको छ ।

यसैगरी, गण्डकी प्रदेशको अध्यक्षमा प्रा.डा. यदुनन्दन उपाध्याय, बागमती प्रदेशको अध्यक्षमा शान्तिप्रिय वन्दना, कर्णाली प्रदेशको अध्यक्षमा युद्धविक्रम शाही रहनुभएको छ । यस्तै कोशी प्रदेशको अध्यक्षमा विन्दु दाहाल ‘मूकदर्शक’, लुम्बिनी प्रदेशको अध्यक्षमा डा. मुरारी पराजुली, मधेश प्रदेशको अध्यक्षमा नारायणप्रसाद घिमिरे र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कोपिला शर्मा ‘कल्प’ पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा समावेश हुनुहुन्छ ।
४६ सदस्यीय राष्ट्रिय परिषद्मा भने दिनेश थापा, समष्टि बुढा, सीता बुढा, तारामणि न्यौपाने लगायतका व्यक्तिहरू निर्वाचित हुनुभएको संघले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *