उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम

Nayabimarsha (Weekly Newspaper from Nepal)

स्याङ्जा/ स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजनाले नागरिकलाई उद्यमशीलतामा जोडेको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो ।
परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलमा क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषकसम्म पुगेको जानकारी गराइएको छ । नगरपालिकाका एक हजार छ सय घर परिवारलाई उद्यामशीलतामा जोड्ने योजनासहित यो परियोजना शुरु गरिएको हो । यसअन्तर्गत अहिलेसम्म एक हजार तीन सय जना घर परिवार आवद्ध भइसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।
किसानको गोठ सुधार, बाख्राको नस्ल सुधार बेमौसमी तथा मौसमी तरकारी खेती र बजारीकरण लगायतका विषयमा काम गर्दै आएको छ । वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले कार्यक्रम शुरु भएको छोटो अवधिमा नै उत्कृष्ट काम गर्न सफल भएको बताउनुभयो । पालिकाले विभिन्न साझेदार संघसंस्थासँग मिलेर आर्थिक रुपमा सवल बनाउने काम गरिरहेको प्रमुख खांणले बताउनुभयो ।
वडा अध्यक्षहरुले परियोजनालाई १४ वटै वडामा बिस्तार गर्न सुझाव दिनुभयो । वडा नं.१ वडा अध्यक्ष पदमराज गुरुङले वडा तहका साना किसान तथा महिलालाई उद्यमशीलतामा जोड्न सहयोगी भएको बताउनुभयो ।
सो अवसरमा वडा अध्यक्षहरु पोतप्रसाद लम्साल, भीमबहादुर गुरुङ, छविलाल आले, श्यामकृष्ण श्रेष्ठ, पाण्डुकुमार थापा लगायतले महिलालाई उपार्जनमा जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह्रे, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, विभिन्न वडाका वडा अध्यक्ष लगायतले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । सो अवसर चालु आर्थिक बर्ष २०८१÷८२ को फागुनसम्ममा गरिएका क्रियाकलापको बारेमा जानकारी गराइएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *