पीडितमा भाटभटेनीको सहयोग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ तीनकुनेको घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी पत्नी भविसा महर्जनलाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले जागिर दिने बताएका हुन् ।
भाटभटेनीले तीनकुने घटनामा ज्यान गुमाएकामध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपियाँ र महर्जनको परिवारलाई तीन लाख रुपियाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो । अध्यक्ष गुरुङले दुवै परिवारलाई घरमै पुगेर मंगलबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
राजावादी समूहले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शनीका क्रममा सविनको गोली लागेर मृत्यु भएको थियो भने पत्रकार सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *