पत्रकार अधिकारीलाई पितृशोक

Nayabimarsha (Weekly Newspaper from Nepal)

इटहरी/ नेपाल सरकारको विज्ञापन बोर्डका सदस्य एवं कोशी प्रदेशस्थित इटहरीबाट सञ्चालित अनलाइन पोर्टल प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृ शोक परेको छ । पत्रकार अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधवार निधन भएको हो । फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व.अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मीना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन् । स्व.अधिकारीको इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *